Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअर्गानिक नगर अभियान : कम्पोष्ट मल र बायोग्यास प्लान्टको काम अन्तिम चरणमा

अर्गानिक नगर अभियान : कम्पोष्ट मल र बायोग्यास प्लान्टको काम अन्तिम चरणमा


खेमराज अधिकारी
खोटाङ, माघ १४
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा निर्माण भइरहेको कम्पोष्ट मल र बायोग्यास प्लाण्टको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकालाइ अर्गानिक नगर बनाउने अभियान अन्तरगत नगरपालिकाको वडा नम्बर २ सोल्मामा निर्माण भइरहेको कम्पोष्ट मल र बायोग्यास प्लाण्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

सरकारले स्थानीय सरकारलाई दिने विशेष अनुदान वापतको ३ करोड ३२ लाखको लागतमा निर्माणाधिन कम्पोष्ट मल र बायोग्यास प्लान्टमा दिक्तेलबजार, सोल्मा तथा आसपासका स्थानबाट निस्कने जैविक पदार्थलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रलाई प्रयोग गरेर बायोग्यास उत्पादन गर्दै रासायिक मल र विषादीमुक्त अर्गा्निक नगर बनाउने नगरपालिकाको अभियानलाई सफल बनाउन कम्पोष्ट मल र सिएनजी (बायोग्यास) प्लाण्टको निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । कम्पोष्ट मल र बायोग्याँसको उपकरण राख्नकालागि भ्याटसहित ४४ लाखको लागतमा ३५ मिटर लम्बाइ र २१ मिटर लम्बाइको ट्रस भवन मुकुन्द इन्दिरा निर्माण सेवाले ठेक्कामा लिएको थियो ।

प्लान्टकोलागि मेसिन जडानको ठेक्का भने काठमाडौस्थित फर्मा कल्चर समुहले लिएको छ । कम्पोष्ट मल र बयोग्याँसकालागि ट्यांकी र ट्रस भवन र घेराबाराको काम सम्पन्न भइसकेको मुकुन्द इन्दिरा निर्माण सेवाका सञ्चालक लाल बहादुर बिश्वकर्माले बताए । कम्पोष्ट मल र बायोग्यास उत्पादनकालागि हाल विद्युत पोल,ट्रान्सफर्मर लगायतका आवश्यक सामग्री ल्याएर मेसिन जडान गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।

जडान कार्य सम्पन्न भएपछि केहि हप्तावाटै प्लान्टमार्फत उत्पादन थालिने नगरप्रमुख रिजालले बताए । प्लान्ट मार्फत उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गरिने र बाँकी रहेको फोहोरमैलालाई मलको रुपमा प्रयोग गरिने गरी प्लान्ट निर्माण गरिएको नगरपालिकाले बताएको छ । रासायनिक मल तथा विषादी प्रयोग गरेका कृषीजन्य उत्पादनले मानब स्वास्थ्यमा प्रतिकूल प्रभाब पार्ने भएकोले यस्ता उत्पादनलाई निरुत्साहित गर्दै नगरलाई आर्ग्निक कृषी क्षेत्रको रुपमा विकास गर्ने यो अभियान थालिएको हो । रासायनिक मल खरिदमा दिईने अनुदानमा नगरले गत बर्षदेखिनै कटौती गर्दै रासायनिक मलको विकल्पमा कम्पोष्ट प्लान्टको अबधारणा अघि सारेको हो ।

रासायनिक मल र विषादी प्रयोग गरिएका खानेकुराले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकोले हाल जिल्लाका अधिकांश कृषकहरुले रासायनिक मल र विषादीको विकल्प खोजिरहेका छन । तर खोटाङका अधिकांश स्थानीय तहले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने यस्ता चिजलाई विस्थापित गर्ने र रासायनिक मल तथा विषादीको विकल्प खोज्ने योजना नल्याँउदा रासायनिक मलको माग भने उस्तै रहेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपेन राईले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया