Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएकान्तकुनाबाट दुई बिचौलिया ट्राफिक प्रहरीको नियन्त्रणमा

एकान्तकुनाबाट दुई बिचौलिया ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर म.न.पा.– १४, नखिपोट बस्ने वर्ष ३० को सुमन तामाङ र ललितपुर म.न.पा.– १३, कुसुन्ती बस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन् ।

लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । यातायात कार्यालयमा आउने सेवाग्राहीसँग बार्गेनिङ गरी पैसा लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ । पक्राउ पर्ने व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारबाहीको लागि बुझाएको महाशाखाले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया