Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसानो पाइलाले १ लाख मास्क वितरण गर्ने

सानो पाइलाले १ लाख मास्क वितरण गर्ने


काठमाडौं । सानो पाइला नामक संस्थाले कोरोना जोखिम समाप्त नभएको भन्दै एक लाख मास्क वितरण गर्ने भएको छ । नेपाल मास्क अभियानमा सानो पाइलाको ऐक्यबद्धता जनाउँदै एक लाख मास्क वितरण गर्न लागिएको संस्थाका संस्थापक कञ्चन झाले बताइन् ।

संस्थाले पछिल्लो समय एक लाख मास्क वितरण गर्ने अभियानअन्तर्गत घण्टाघरमा मोटरसाइकल चालक, सवारी चालक, पैदल यात्रुलगायत गरी एक हजार मास्क वितरण गरिएको संस्थाकी स्विटी चौरसियाले बताइन् ।

संस्थापक झाले सानो पाइलाले नेपाल मास्क अभियानलाई सफल पार्नका एक लाख मास्क वितरण गर्ने लक्ष्य लिएको बताइन् । आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्नका लागि जनचेतना जगाउने अभिप्रायले निःशुल्क रुपमा मास्क वितरण गरिएको झाको भनाइ थियो । यसअघि पनि अन्य सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको संस्थाले आगामी दिनमा पनि समाज र सामाजिक प्राणीको हितमा हुने कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

मास्कको अपरिहार्यतालाई महशुस गर्दै नेपाल सरकारले सुरु गरेको नेपाल मास्क अभियानमा सानो पाइलाले ऐक्यबद्धता जनाएको संस्थाको भनाइ छ । ‘ऐक्यबद्धता स्वरुप हामीले प्रदेश २ का सहित विभिन्न जिल्लाहरुमा एक लाख मास्क बाँड्ने भएका हौँ’, उनले भनिन् । संस्थाले एक कार्यक्रमका बीच एक लाख मास्क वितरण अभियानको औपचारिक घोषणा गरिसकेको समेत जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मास्क अभियानलाई निरन्तरता दिनुपर्ने बताए । सर्वसाधारणले मास्क लगाउन बिर्सिसकेको अवस्थामा खबरदारी गराउनुका साथै सचेतना फैलाउनुपर्ने सहायक प्रजिअ पौडेलले बताए ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, संस्थाकी सचिव डा. सुष्मा तिवारी द्विवेदी, सञ्चारकर्मी सूर्य नारायण विकलगायतकाको उपस्थिति थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया