Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअहिंसा दिवसमा आठ जिल्लामा प्रदर्शन : ज्येष्ठ नागरिक दिवसमा सहयोग

अहिंसा दिवसमा आठ जिल्लामा प्रदर्शन : ज्येष्ठ नागरिक दिवसमा सहयोग


काठमाडौं । अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ, रूपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा ‘अहिंसा : पवित्र एवं गौरवमय मार्ग’ भन्ने सन्देशसहित असोज १६ गते ८ जिल्लामा प्रदर्शन भएको छ ।

१५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोवर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्तावअनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो । अक्टोवर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । सन् २००७ मा राष्ट्रसंघले अहिंसा दिवस मनाउने निर्णय गरेपछि मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोवर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोवरका सन्दर्भमा शान्ति समाज काठमाडौँ शाखाले असोज १५ गते निजानन्द आश्रम (टौदह)लाई खाद्य सामग्री सहयोग गरेको छ भने रूपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई भोजन गराएको थियो । यस्तै शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया