Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधग्राहकहरूलाई सिटी सेन्टरको चाडपर्व उपहार

ग्राहकहरूलाई सिटी सेन्टरको चाडपर्व उपहार


काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले दशैँ तिहारलक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो । किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालिको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ ।

असोज १६ गतेदेखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुनपाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ । शपिङ्गमलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपनमार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिनेछ ।

यसबाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रीलगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् । विश्वभर फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्णपालनामा जोड दिएर, सरकारी निर्देशनअनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो । यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ ।

असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका तीनवटै फिल्म हल पुनः सञ्चालनमा आउने सिटी सेन्टरले जनाएको छ । चाडपर्वलक्षित मलको योजना एवं फिल्म हल सञ्चालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना २४ कात्तिक २०७८ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया