मानवसेवा आश्रमको भवन निर्माणका लागि काठमाडौं महानगर र नागार्जुन नगरपालिकाबिच सम्झौता
काठमाडौं । मानवसेवा आश्रमको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र मानवसेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ । उक्त भवनको नाम सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम रहने भएको छ ।
सहयोगापेक्षी सडक आश्रित मानवहरूको व्यवस्थापन गरिरहेको मानवसेवा आश्रमको भवन निर्माणका लागि आज एक भएको एक समारोहमा काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्य, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर खड्का र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त भवन निर्माणका लागि नागार्जुन नगरपालिकालेवडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको जग्गा उपलब्ध गराएको छ । त्यसको निर्माणका लागि काठमाडौं महानगरपालिकाले द्धिबर्षीय योजना अन्तर्गत बजेटको व्यवस्थापन गर्ने छ । त्यस्तै मानवसेवा आश्रमले काठमाडौं महानगर र नागार्जुन नगरपालिका क्षेत्रभित्र भेटिएकाका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर) सडक आश्रित मानवहरूको व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ ।
भवन निर्माणको कार्य वि.स २०७८ साल भित्र प्रारम्भ भई वि.स २०८० भित्रमा सम्पन्न गर्ने उल्लेख छ । यस कार्यका लागि आवश्यक प्राविधिक सहयोग, निर्माण गर्न ठेक्का लगाउने, निर्माण अवधिभर नियमित अनुगमन, सुपरिवेक्षण तथा गुणस्तर नियन्त्रण गर्ने जिम्मेवारी नागार्जुन नगरपालिकाको रहने छ ।
सम्झौता कार्यक्रमको अध्यक्षता नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले गरेका थिए । त्यस्तै प्रमुख अतिथिको रूपमा कार्यक्रम काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य रहेका थिए । यस्तै दुवै स्थानीय तहका महत्वपूर्ण व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- के शिक्षामन्त्रीले चाहेर मात्रै दलमा आबद्ध शिक्षकहरूलाई बर्खास्त गर्न सम्भव छ?
- इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ ?
- एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक
- देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया