Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाराहीलाई अन्तराष्टिय अवार्ड

बाराहीलाई अन्तराष्टिय अवार्ड


काठमाडौं : दिलकुमार वाराही अमूर्त सांस्कृतिक सम्पदासम्वन्धी अन्तराष्टिय अवार्डबाट सम्मानित भएका छन् । दक्षिण कोरियाले उनलाई झाञ्जु अन्तराष्र्टिय अवार्ड प्रदान गरेको हो ।

कोरोनाका कारण अनलाइन कार्यक्रमबीच बिहीबार अवार्ड प्रदान गरेको उनले बताए । वाराही मच्छिन्द्रनाथ काष्ठकलाका नाइके हुन् । दक्षिण कोरियाको झाञ्जु नगरले संसारभरका अमूर्त सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्दै आएको छ । यसवर्ष भने नेपाल, इटली र ताजिकिस्तानले प्राप्त गरेका छन् ।

झाञ्जु नगरका प्रमुखले भौतिकरुपमै अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको भएपनि कोरोनाका कारण भर्चुअल कार्यक्रमबी अवार्ड प्रदान गरेको वाराहीले जानकारी गराए । अवार्डको राशी १० हजार अमेरिकी डलर रहेको छ । वाराहीले विगत ५५ वर्षदेखि मच्छिन्द्रनाथको काष्ठकलासम्वन्धि काम गर्दै आएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया