Techie IT
×
गृहपृष्ठबिबिध‘भित्री वस्त्र पसल’ ललितपुरको इमाडोलमा

‘भित्री वस्त्र पसल’ ललितपुरको इमाडोलमा


ललितपुर । समयसापेक्ष परिवर्तन हरेक क्षेत्रमा भइरहेको सर्वविदितै रहेको छ । बजारमा किनमेलको चटारो र झन्झट सधैँ हामीले भोग्दै आइरहेका छौँ । यो अवस्थामा सरल र सुलभ किनमेल त आठौँ आश्चर्य जस्तै भएको छ, आममानव जीवनमा । हो, यही कुरालाई दृष्टिगत गरी विशेषतः भित्री लुगाहरुको संगालो एउटै छाना (वस्त्र) मा पाउन सजिलो होस् भन्ने हेतुले इमाडोलमा भित्री वस्त्र पसलको शुभारम्भ भएको छ ।

यस पसलमा सबै उमेर समूहका दिदिबहिनी, आमाबुुबा सबैलाई टपक्कै मिल्ने गरी ब्रा, पेन्टी, स्विम सुट, जिम सुट, कट्टु, गञ्जी, टावेल, हाते रुमाल, स्पोट्र्स ब्रा, योंग सुट, लेगिन्सलगायतका सम्पूर्ण भित्री वस्त्रहरु उपलब्ध छन् । समयअनुसार चल्ने भित्री वस्त्र पसल अनलाइन सपमा पनि छिट्टै सञ्चालनमा ल्याउने जानकारी भित्री वस्त्र पसलकी सञ्चालिका आशा केसीले बताइन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया