Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्वर्गीय निर्माण व्यवसायी गौचनको चौथो स्मृति दिवस

स्वर्गीय निर्माण व्यवसायी गौचनको चौथो स्मृति दिवस


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सहिद शरदकुमार गौचनको चौथो स्मृति दिवसको अवसरमा शनिबार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गीय गौचनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो । वक्ताहरूले गौचनको मिलनसार व्यक्तित्व सबैका लागि प्रेरणादायी भएको धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछानेले नेपाली निर्माण उद्योगमा गौचनको अभाव सधैँ महसुस हुने बताए । महासंघका अध्यक्ष रवि सिंहले गौचन नहुँदा समग्र निर्माण उद्योगमा अहिले पनि ठूलो रिक्तता रहेको बताए । महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगमा गौचनले ठूलो गुन लगाएको चर्चा गरे । महासंघका महासचिव रोशन दाहालले गौचनको जीवनी बारे संक्षिप्तमा प्रकाश पारेका थिए । सो अवसरमा गौचनको स्मृतिमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

श्रद्धाञ्जली सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गीय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष रवि सिंहसहित गौचनकी श्रीमती आशा गौचन, महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछाने, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ तथा अन्य पदाधिकारीहरू, सदस्यहरु र महासंघका कर्मचारीहरूले माल्यार्पण गरेका थिए । गौचनको स्मृतिमा प्रदेश महासंघहरू र जिल्ला निर्माण संघहरूले पनि श्रद्धाञ्जली सभा आयोजना गरेका छन् । गौचनको २०७४ साल असोज २३ गते नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उनको निवासनजिकै आपराधिक समूहबाट गोली हानी हत्या गरिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया