Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअन्धविश्वासको कारण महिलाको हत्या गरेको अभियोगमा पक्राउ

अन्धविश्वासको कारण महिलाको हत्या गरेको अभियोगमा पक्राउ


ललितपुर । सुनकोठी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएकी ४५ वर्षीया कमला तामाङको डोरीले घाँटी कसेर हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर हरिसिद्धि नयाँबजार बस्ने मकवानपुर राक्सीराङ गाउँपालिका–५ प्याङचे टोल घर भएका २३ वर्षीय सविन प्रजा, ललितपुर हरिसिद्धि बस्ने मोरङ पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भएका २० वर्षीय सुमुन मगर र १८ वर्षीया किशोरी रहेका छन् ।

भदौ २५ गते बिहान कमलाको डोरीले घाँटी कसी हत्या भएको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मीनभवन र महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

सविन र सुमनले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरु महत्वपूर्ण हुने र करोडौं रुपैयाँमा बिक्री हुन्छ भन्दै अन्धविश्वासमा परी त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले सुमनको पूर्व चिनजानकी टहरामा एक्लै बस्ने कमलालाई गत भदौ २४ गते साँझ टहरामा गई खानपीन गरी सुत्ने बेलामा घाँटीमा डोरीले कसी हत्या गरेपछि उनले लगाएको गहना र मोबाइल समेत लुटी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया