Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसगरमाथा राष्ट्रिय निकुञ्जद्वारा एक महिनामा ३३ लाख राजस्व संकलन

सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा एक महिनामा ३३ लाख राजस्व संकलन


सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा ३३ लाख ६८ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट सो राजस्व संकलन गरेको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार तेस्रो मुलकका पर्यटकबाट २६ लाख १३ हजार, सार्क मुलकका पर्यटकबाट छ लाख ७८ हजार र नेपालीबाट ७७ हजार आठ सय रुपैयाँ संकलन भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति तीन हजार, सार्क मुलुकका पर्यटकलाई एक हजार पाँच सय रुपैयाँ र नेपालीलाई एक सय रुपैयाँ प्रवेश शुल्क लिने गरेका छन् । खुम्बु आउने पर्यटकको सहजताका लागि काठमाडौँको भृकुटीमण्डपमै पनि राजस्व तिर्नसक्ने व्यवस्था गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

असोज महिनामा भृकुटीमण्डपबाट ४४ जना विदेशी पर्यटकले निकुञ्ज प्रवेशका लागि शुल्क तिरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको असोजमा एक सय ४६ स्वदेशी तथा २५ विदेशी नागरिकले मात्रै निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए । अघिल्लो वर्ष कोरोनाका कारण ठप्प बनेको पर्यटकीय गतिविधि यस वर्षको असोज महिनादेखि विस्तारै लयमा फर्किनथालेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया