Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधघरेलु तथा साना उद्योग सोलुमा ७० प्रतिशत कृषि तथा वनजन्य उद्योग दर्ता

घरेलु तथा साना उद्योग सोलुमा ७० प्रतिशत कृषि तथा वनजन्य उद्योग दर्ता


सोलुखुम्बु । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दर्ता भएका उद्योगमध्ये ७० प्रतिशत कृषि तथा वनजन्य रहेका छन् ।

चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्म जिल्लामा दर्ता भएका एक सय ५९ ओटा नयाँ उद्योगमध्ये एक सय ११ वटा अर्थात् ७० प्रतिशत कृषि तथा वनजन्य रहेको घरेलु तथा साना उद्योग कार्यालय सोलुले जनाएको छ । तीन महिनाको अवधिमा साउन महिनामा ५३ वटा, भदौमा ६६ र असोजमा ४० वटा उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिइन् ।

उनका अनुसार कृषि तथा वनजन्य उद्योग दर्ता गर्ने अधिकांश युवा अवस्थाका रहेका छन् । उनीहरूमध्ये कतिपय वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरू रहेको कार्यालयको तथ्यांक छ । जसबाट चार लाख ८८ हजार आठ सय रुपैयाँ राजस्व समेत संकलन भएको सूचना अधिकारी राईले बताइन् । तीन महिनाको अवधीमा ५९ वटा उद्योग नवीकरण पनि भएको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया