Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभाटभेटनीमा हस्तकला कोसेली मेला हुने

भाटभेटनीमा हस्तकला कोसेली मेला हुने


काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न भाटभटेनी सुपरमार्केटमा हस्तकला कोशेली मेला आयोजना गर्ने भएको छ । हस्तकला वर्षको कार्यक्रम र उद्योग परिषद्अन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनी, नयाँ ठिमी भाटभटेनी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा आयोजना गर्ने भएको हो ।

शुक्रबार महासंघमा आयोजित मेला सहभागीहरुको अभिमुखीकरण कार्यक्रममा मेला संयोजक विक्रम सिंह महर्जनले उक्त जानकारी दिए । मेला कात्तिक ८ गतेदेखि नक्साल भाटभटेनीबाट सुरु हुने र कात्तिक १६ गते कृष्णगल्ली भाटभटेनीमा समापन हुने उनले बताए । आयोजकका अनुसार नक्सालमा कात्तिक ८ देखि १० गतेसम्म, ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

हस्तकला मेलामा छालाजन्य सामाग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, कपडालगायतका २५ वटा स्टल रहने बताइएको छ । मेलाको बैंकिङ पार्टनर सानिमा बैंक तथा प्रवर्द्धकमा ग्यालरी टिव्वेट हाउस रहेका छन् । भाटभटेनीसँगको सयुक्त आयोजनामा हुने मेलाबाट कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली हस्तकला भाटभटेनी सुपरमार्केटले पनि निकट भविष्यमा नै बिक्री बितरण गर्ने लक्ष्य राखेको छ  । सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य र वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यले नेपाली हस्तकला महँगोमात्र नभइ सस्तो पनि रहेकोले आन्तरिक बजार प्रवर्द्धन गर्न सकिने बताए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया