Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनर्भिकको आईपीडी विश्वस्तरीय, विदेशी अस्पतालजस्तै स्वरुप

नर्भिकको आईपीडी विश्वस्तरीय, विदेशी अस्पतालजस्तै स्वरुप


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकूल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आईपीडी (इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ ।

ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ । यो क्रममा आईपीडीलाई अझ स्तरीय र आधुनिक बनाइएको हो । गत फागुन ९ गतेदेखि नर्भिकले आधुनिक र पूर्ण डिजीटाइज्ड ओपीडी सञ्चालनमा ल्याएको थियो । सोही बेला भएको घोषणाअनुसार अस्पतालका अन्य युनिटहरुको समेत स्तरोन्नति गर्ने क्रममा आईपीडीलाई पनि आधुनिक बनाइएको हो । योसँगै अब नर्भिकको आईपीडीमा भिजिट गर्ने बिरामी, तिनका आफन्त र सर्वसाधारणले अन्य अस्पतालभन्दा फरक अनुभूति गर्नेछन् ।

नर्भिकले आईपीडीका सबै संरचनाहरुमा आमूल स्तरोन्नति गर्दै विश्वस्तरीय बनाएको हो । पुनर्निर्माण गरिएको आईपीडीमा बिरामी, तिनका आफन्त र सर्वसाधारणको सहजता र सुविधालाई विशेष ध्यानमा राखिएको छ । स्तरीय सुविधाहरुलाई थप गरिएको छ भने प्रतीक्षालयदेखि बेडहरुलाई समेत पहिलेभन्दा स्तरीय बनाइएको छ ।

आईपीडीका सबै कोठाहरु आधुनिक साजसज्जाले सजाइएको छ । पूर्ण रुपमा विश्वस्तरीय, बिरामीमैत्री र बिरामीका कुरुवा तथा भिजिटरहरुलाई समेत सहज हुने हिसाबले पुनर्निर्माण गरी स्तरोन्नति गरिएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजिटाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपीडीबाट सुरुवात गरेको थियो । त्यसकै निरन्तरताको रुपमा आईपीडी समेत पुनर्निर्माण भएको हो ।

अत्याधुनिक आईपीडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको छ । अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकून् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने अभियान थालिएको उनले जानकारी दिए । नर्भिकले हालसम्म ओपीडी र आईपीडीको विश्वस्तरीय रुपमा पुनर्निर्माण र डिजिटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजिटाइज्ड बनाउने योजना बनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया