Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभिडियो छायांकनका लागि उपयुक्त बन्दै सोलुको पत्ताले

भिडियो छायांकनका लागि उपयुक्त बन्दै सोलुको पत्ताले


सोलुखुम्बु । जिल्लाको पत्ताले क्षेत्र पछिल्लो समय म्यूजिक भिडियो छायांकनका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । सामुद्रिक सतहबाट दुई हजार सात सय मिटरभन्दा माथिको उचाइमा रहेको पत्तालेमा चिसो हावाको साथमा विभिन्न दृश्य प्रत्यक्ष देखिने भएकाले उपयुक्त गन्तव्य बनेको सर्जक तथा निर्देशक प्रशान अलुङ राईले बताए ।

जगदिश समालको स्वरमा रहेको पराले गुन्द्री बोलको गीत सुटिङका लागि पत्ताले आइपुगेको १६ जनाको समुहले सो स्थान उपयुक्त रहेको प्रतिक्रिया दिए । उक्त गीतमा चन्द्रकुमार दोङको शब्द/संगीत रहेको छ भने जगदिश समालले आवाज भरेका छन् । भिडियोको निर्देशन सोलुखुम्बुका प्रशान अलुङ राईले तथा कोरियोग्राफ निर्मल लामाले गरेका छन् ।

गीतमा नायिका छुल्ठीम डोल्मा गुरुङ र भीमफेदी गाइज गु्रपको अभिनय रहेको निर्देशन राईले बताए । प्रचार प्रसारको अभाव हुँदा ओझेलमा परेको पत्ताले क्षेत्रलाई भिडियोको माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले सो क्षेत्र रोजेको निर्देशक राईको भनाइ छ । गीतको सबै दृश्य पत्ताले क्षेत्रको राखिएको उक्त भिडियो तिहार अगाडि नै सार्वजनिक गरिनेछ । पत्तालेबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजारभन्दा माथिको उचाइ रहेका करिब आधा दर्जन हिमालहरू नियाल्न सकिनेछ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया