Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपालबाट विदेशका विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको संख्या वृद्धि

नेपालबाट विदेशका विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको संख्या वृद्धि


काठमाडौं । विश्वभरका सिमानाहरू पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपालबाट विद्यार्थी भर्ना हुने क्रम उल्लेखनीय रूपमा बढेको छ । प्रमुख अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले सन् २०२० यता ३६ प्रतिशत विद्यार्थी भर्ना वृद्धि भएको जनाएको छ ।

अष्ट्रेलिया विद्यार्थीहरुको मनपर्ने गन्तव्यको सूचीमा शीर्ष स्थानमा छ भने अमेरिका, बेलायत र युरोप पनि यस सूचीमा सामेल छन् । विदेशमा गएर अध्ययन गर्नु नेपालका धेरै विद्यार्थीहरूका लागि आकांक्षा हो, जसले अन्तर्राष्ट्रिय जीवनशैलीको अनुभव गर्न मन पराउँछन् । साथै आफ्नो पाठ्यक्रम पूरा गरेपछि रोजगारीको लागि विशाल अवसरहरू खोज्दछन् र जो विदेशमा बस्न इच्छुक छन् । गत वर्षदेखि, ५५ प्रतिशत नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाका आफ्नो मन पर्ने विश्वविद्यालयहरूमा आवेदन दिए । त्यसैगरी ४५ प्रतिशत विद्यार्थीहरु बेलायतका विश्वविद्यालयहरूमा भर्ना भए र १० प्रतिशत विद्यार्थीले अष्ट्रेलियालाई आफ्नो मनपर्ने गन्तव्यको रूपमा रोजेका छन् । यी विद्यार्थीमध्ये अधिकांश नेपालका बागमती, गण्डकी र लुम्बिनी क्षेत्रका छन् ।

अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपका दक्षिण एसियाका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराका अनुसार विदेशका विश्वविद्यालयहरूमा आवेदन दिने नेपाली विद्यार्थीहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । उनीहरू उत्तर अमेरिका, बेलायत र अष्ट्रेलियाजस्ता देशहरूमा मुख्यतया आफ्नो शैक्षिक उत्कृष्टता हासिल गर्न, पार्ट टाइम जागिरका अवसरहरू खोज्न र स्नातकोत्तर कार्य अनुभवको लागि आकर्षित हुने गरेको उनको भनाइ छ ।

नर्सिङ, जनस्वास्थ्य, बिजिनेस एडमिनिस्ट्रेसन, इन्जिनियरिङ व्यवस्थापन, लेखा, सूचना प्रविधि, डाटा विज्ञान, प्रारम्भिक बाल्यकाल शिक्षा, सहरी योजना र इन्जिनियरिङलगायतका अध्ययन कार्यक्रमहरू नेपाली विद्यार्थीहरूमाझ सबैभन्दा लोकप्रिय विषय रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया