Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसामलिङ पावर कम्पनीको साधारण सेयर बाँडफाँट

सामलिङ पावर कम्पनीको साधारण सेयर बाँडफाँट


काठमाडौँ । सामलिङ पावर कम्पनी लिमिटेडको साधारण सेयरको बाँडफाँट सम्पन्न भएको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सामलिङ पावर कम्पनी लिमिटेडको प्रतिसेयर अंकित मूल्य एक सय दरका सर्वसाधारणलाई छुट्याइएको सात लाख ३० हजार कित्ता सेयरमध्ये १४ हजार छ सय कित्ता कम्पनीका कर्मचारीहरूलाई र ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरी बाँकी रहेको छ लाख ७८ हजार नौ सय कित्ता साधारण सेयरहरूको आज मंगलबार बाँडफाँड गरिएको हो ।

कम्पनीले २०७८ कार्तिक ४ गतेदेखि २०७८ कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुला गरिएको साधारण सेयरहरू मंगलबार बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको सेयरका लागि २१ लाख ८८ हजार सात सय ७८ योग्य आवेदकमध्येबाट गोलाप्रथाको माध्ययमबाट ६७ हजार आठ सय ९० जना सफल आवेदनकर्ता छनोट गरी प्रत्येक सफल आवेदनकर्तालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिसेयर एक सय अंकित मूल्यका कुल १२ लाख ३० हजार कित्ता साधारण सेयरमध्ये आयोजनाप्रभावित क्षेत्रका बासिन्दाहरूको लागि छुट्याइएको पाँच लाख कित्ता, कम्पनीका कर्मचारीहरूलाई छुट्याइएको १४ हजार छ सय कित्ता र सामूहिक लगानी कोषहरूलाई छुट्याइएको ३६ हजार पाँच सय कित्ता यसअघि नै बाँडफाँट गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीले इलाम जिल्लास्थित माइबेनी जलविद्युत् आयोजनाबाट नौ सय ५१ मेगावाट जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माणकार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापक, सेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराइटिङजस्ता सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया