Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसिलिंक्सको नयाँ लोगो सार्वजनिक

सिलिंक्सको नयाँ लोगो सार्वजनिक


काठमाडौं । सिलिंक्स ट्राभल्स एण्ड टुर्स प्रालिले नयाँ लोगो सार्वजनिक गरेको छ । डेढ दशक लामो यात्रामा भएका परिवर्तनहरुलाई आत्मसात् गर्दै सिलिंक्सले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको सुरुवात गरेको हो ।

आगामी वर्ष कम्पनीले आफ्नो १५औँ वार्षिकोत्सव मनाउँदै छ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने गरी स्थापना गरिएको सिलिंक्सले आफ्नो १५ वर्षे यात्रामा ठूलो छलाङ्ग मारिसकेको छ । आफ्नो सफलताको यो यात्रालाई उत्सवमय बनाउने अभिप्रायअनुरुप सिलिंक्सले विभिन्न किसिमका कार्यक्रमहरु लिएर आउँदै छ ।

कम्पनीले नेपालीहरुको महान् चाड दीपावलीको अवसर पारेर नयाँ लोगो सार्वजनिक गरेको थियो । साथै डेढ दशकको यस यात्रामा निरन्तर साथ र सहयोग गर्ने आफ्ना कर्पोरेट पार्टनरहरुमाझ नयाँ लोगो परिवर्तनको सन्देश प्रवाह गर्दै कम्पनीको टिमले विभिन्न एयरलाइन्स तथा कर्पोरेट हाउसहरुमा भेटघाट समेत गरेका थिए । सिलिंक्सको निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको यो नयाँ लोगोले सिलिंक्सको नामभित्रको मर्म मात्र नभएर आफ्ना ग्राहकको सन्तुष्टि र खुसी समेत प्रतिनिधित्व गर्छ ।

कुनै एक विन्दुबाट अर्को विन्दुसम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ्ग गर्ने सिलिंक्सले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको छ । ‘सिलिंक्सको नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयामिकता प्रट्याउँछ ।” सिलिंक्सकी कार्यकारी निर्देशक पावना श्रेष्ठले भनिन्, ‘यो परिवर्तन कोभिड १९ पछिको पुनर्जागरण पनि हो । यसमा खुसी र आशा भरिएको छ । यसले हामी अझ बढी सेवाग्राहीप्रति उत्तरदायी भएका छौँ भन्ने पनि बुझाउँछ ।’ सिलिंक्सले सेल्स ब्लिजकै शैलीमा गरेको लोगो अनभिलिङ्ग र भेटघाट कार्यक्रमले नोभेम्बर महिनाभरि निरन्तरता पाउने पनि जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया