Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजुत्ताचप्पलको व्यापार मेला शुक्रबारदेखि

जुत्ताचप्पलको व्यापार मेला शुक्रबारदेखि


काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले शुक्रबारदेखि जुत्ताचप्पलको व्यापार मेला आयोजना गर्ने भएको छ । मेला यही कात्तिक २६ देखि मंसिर १३ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन, विकास तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक होमनाथ उपाध्यायले विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिने जानकारी दिए । मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ । करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको छ ।

एसोसिएसनका पूर्वअध्यक्ष रामकृष्ण प्रसाईंले महामारीका कारण अन्तर्राष्ट्रिय बजारबाट सहजरूपमा कच्चापदार्थ आयात हुन नसकेकाले मागअनुसारको उत्पादन तथा बिक्री दुवै हुन नसकेको र यस क्षेत्रमा रहेका धेरै कम्पनी तथा उद्यमीलाई असर परेको बताए । एसोसिएसनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया