Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअग्नि फाउन्डेसनद्वारा शिक्षण अस्पताललाई सहयोग

अग्नि फाउन्डेसनद्वारा शिक्षण अस्पताललाई सहयोग


काठमाडौं, माघ १७
नेपालका लागि महिन्द्रा सवारीसाधनहरूका आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गतको गैरमुनाफाकारी संगठन अग्नि फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण/सुधारका लागि पूर्ण आर्थिक तथा अन्य सहयोग प्रदान गरेको छ ।

त्रिवि शिक्षण अस्पतालस्थित बाल चिकित्सा विभागअन्तर्गत पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण/सुधारको कार्य सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक श्रीमती सुुसन वैद्य श्रेष्ठले बिहीबार पुनर्निर्मित बाल चिकित्सा विभागको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा अग्नि फाउन्डेसनकी संस्थापक एवम् अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुुसन वैद्य श्रेष्ठले एनआर्ईसीयूले समय नै नपुगी जन्मिएका तथा जन्मिँदा निकै कम तौल भएका वा विशेष हेरचाह गरिनुपर्ने स्वास्थ्य अवस्था भएका नवजात शिशुका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

त्रिवि शिक्षण अस्पतालको बाल चिकित्सा विभागका प्रमुख प्राडा लक्ष्मण श्रेष्ठले शिक्षण अस्पतालको नवस्थापित एनआईसीयू र पीआईसीयूले गहन हेरचाह आवश्यकता पर्ने शिशुहरूलाई उचित किसिमको एनआईसीयू सुविधा उपलब्ध गराउने बताए । शिक्षण अस्पतालको बाल तथा नवजात शिशु सघन उपचार कक्षहरूको पुनर्निर्माण/सुधार गर्ने क्रममा अग्नि फाउन्डेसनले अग्नि विंगको नाममा अस्पतालमा भर्ना भएका बालबालिकाको अभिभावक र आगन्तुकहरुका लागि प्रतीक्षा कक्ष निर्माण गरेको छ ।

फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाका आमाबुबाहरूको पारिवारिक हेरचाहका लागि, विशेष गरी आमाहरूलाई अनुमति दिने गरी र हेरचाहकर्ताहरू जो बालबालिकासँगै रात बिताउनुपर्छ, उनीहरूका लागि ‘स्तनपान कक्ष’ र ‘आराम कक्ष’ बनाउनमा पनि केन्द्रित रहेको छ । फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाहरूलाई आफ्नो उपचार र हेरचाहमा सहभागी हुने अधिकार हुने र उनीहरूका छेउमा आमाबुवा साथै रहनु आवश्यक पर्ने कुरामा विश्वास राख्दछ । अग्नि फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद, प्राकृतिक प्रकोपको उद्धार व्यवस्थापनलयातका विभिन्न क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गर्दै आएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया