Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्टडी ग्रुपले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्ने

स्टडी ग्रुपले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्ने


काठमाडौं । अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजहरूमा नेपाली विद्यार्थीहरूको भर्नामा उल्लेख्य वृद्धि भएको देखेर अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले ल्यान्कास्टर युनिभर्सिटी (इङ्गल्याण्ड), टेसाइड युनिभर्सिटी (इङ्ल्यान्ड), युनिभर्सिटी अफ एबरडीन(स्कटल्याण्ड) र डिपाउल युनिभर्सिटी (शिकागो) लगायतका विभिन्न संस्थाहरूसँग साझेदारी गरेको छ ।

यस संस्थाले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँ गुणस्तरीय शिक्षा र कार्य अनुभवमा पहुँच प्रदान गर्न प्रयास गरिरहेको जनाएको छ । सन् २०२० देखि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा भर्ना हुने नेपाली विद्यार्थीहरूको संख्या ३६ प्रतिशतले बढेको छ । गत वर्ष ५५ प्रतिशत नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाको आफ्नो मनपर्ने विश्वविद्यालयहरूमा आवेदन दिएका थिए । त्यसैगरि बेलायतका विश्वविद्यालयहरूमा ४५ प्रतिशत र १० प्रतिशतले अष्ट्रेलियालाई आफ्नो मनपर्ने गन्तव्यको रूपमा रोजेका थिए । यी मध्ये अधिकांश विद्यार्थीहरु नेपालका बागमती, गण्डकी र लुम्बिनी क्षेत्रका रहेका छन् ।

स्टडी गु्रपका दक्षिण एसियाका क्षेत्रीय निर्देशक श्रीनि बन्दाराले नेपाली विद्यार्थीहरूलाई मुख्य व्यावसायिक दक्षताका साथ अध्ययन गर्न र उनीहरूको छनोट गरिएको क्षेत्रमा शैक्षिक प्रवीणता विकास गर्ने प्रयासमा सहयोग पु-याउन विभिन्न विश्वविद्यालयमा सहकार्य गर्ने गरेको बताए । स्टडी ग्रुपले बेलायत, युरोप, अष्ट्रेलिया, न्यू जिल्याण्ड र उत्तर अमेरिकाका विभिन्न विश्वविद्यालयहरूसँग साझेदारी गरेर २५ वर्ष भन्दा बढीको लागि लगातार मार्केट–लिडिङ पोजिसन स्थापित गरेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया