Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधफरक क्षमता भएकाहरुलाई निःशुल्क मेडिकल क्याम्प

फरक क्षमता भएकाहरुलाई निःशुल्क मेडिकल क्याम्प


काठमाडौं । गैरसरकारी संस्था टिम नेपोले फरक क्षमता भएकाहरुका लागि निःशुल्क मेडिकल क्याम्पको आयोजना गरेको छ । गत शनिबारका दिन कीर्तिपुरको पागामा रहेको नवज्योति प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त क्याम्पबाट २९ जना फरक क्षमता भएका व्यक्तिहरुले सेवा लिएका थिए, जसमा अधिकांश आँखाका रोगी र बृद्ध रहेका थिए ।

गैर नाफामुलक संस्था टिम नेपोले गत अगस्ट महिना देखि फरक क्षेमता भएका वृद्ध तथा असाहयहरुका लागि निःशुल्क मेडिकल क्याम्पको मार्फत सेवा दिँदै आइरहेको छ । कार्यक्रममा टिम नेपोका अध्यक्ष डा.निगम पौडेलले असहाय, ज्येष्ठ तथा फरक क्षमता भएका व्यक्तिहरुलाई कोभिड र पछिका दिनहरुमा विशेष स्वास्थ्य सहायता पु-याउन लागि परेको बताए ।

क्याम्पलाई निभा र राजेश प्रधान परिवारको विशेष सहयोग रहेको थियो भने अपाङ्ग युवा सञ्जाल र नेपाल आयूर्वेदा मेडिकल स्टुडेन्ट सोसाइटी तथा इन्टिग्रेटिभ मेडिसिन डेभलप्मेन्ट फाउण्डेसनले सहयोग गरेका थिए । यसअघि पनि टिम नेपोले संख–धर ज्येष्ठ नागरिक सेवा केन्द्र, दिव्य सेवानिकेतन ओल्ड एज होम गोल्फुटार र मानव सेवा आश्रम भक्तपुरमा निःशुल्क मेडिकल क्याम्प मार्फत सेवा पु¥याएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया