Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआन र एनटीपी टुरिजम अफेयर्स कलेजबीच सहकार्य

आन र एनटीपी टुरिजम अफेयर्स कलेजबीच सहकार्य


काठमाडौं । नेपालमा पहिलो पटक स्ट्राटेजिक मार्केटिङ विषयमा एमबीए कार्यक्रम अध्यापन गराउने एनटीपी टुरिजम अफएर्स कलेज र आन विच सहकार्य गर्ने सम्झौता भएको छ ।

आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा विज्ञापन, बजार तथा बिक्रीसम्बन्धी अल्पकालीन तालिम तथा दीर्घकालीन कोर्सहरु उपलव्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । आनका पदाधिकारी तथा सदस्यहरु तथा कलेजका सञ्चालक तथा कर्मचारीहरुको उपस्थितिमा आनका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कलेजका अध्यक्ष दिनेश कुमार कण्ठबाट सोमबार संयुक्त रुपमा हस्ताक्षर गरिएको थियो । एनटीपी टुरिजम अफएर्स कलेजले थाइल्याण्डको श्रीपातुम युनिभर्सिटीको सम्बन्धन र नेपाल सरकारको स्वीकृति तथा त्रिभुवन विश्वविद्यालयको समकक्षतासहित डिल्लीबजार काठमाडौंमा सञ्चालित छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया