Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभाषाविज्ञान सम्मेलन

भाषाविज्ञान सम्मेलन


काठमाडौं । भाषाविज्ञान समाज नेपालले ४२औँ वार्षिक सम्मेलनको आयोजना गरेको छ । समाजको बयालीसौँ वार्षिक सम्मेलन शुक्रबार र शनिबार हुन लागेको हो । यो सम्मेलन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट आयोजना गरिने समाजले जनाएको छ । समाजले विगत ४० वर्षदेखि अविछिन्न रूपमा हरेक वर्ष नोभेम्बर २६ र २७ तारिखमा वार्षिक सम्मेलन गर्दै आएको छ ।

यस सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जना जति भाषाविद्हरू सहभागी हुँदै आएका छन् । करिब एक सयवटा जति सम्मेलनपत्र प्रस्तुत हुने गरेकोमा कोभिड–१९ महामारीको कारणले यस वर्ष ९ देशको सहभागिता रहने र ७२ वटा सम्मेलनपत्रहरू प्रस्तुत हुने भाषाविज्ञान समाज नेपालका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए । उनले भने, ‘यस वर्ष भाषाविज्ञानका २१ वटा विभिन्न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धानपत्रहरू सम्मेलन पत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धानपत्रहरूमाथि छलफल गरिनेछ ।’

अनुसन्धान पत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभावजस्ता समाजभाषिक र सांस्कृतिक विषयका साथै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैंगिकता, शक्ति, संस्कृतिजस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषविज्ञानजस्ता विषयहरू समेटिएको उनको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया