Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहात्तीको आक्रमणबाट मृत्यु भएका मगर परिवारलाई १० लाख सहयोग

हात्तीको आक्रमणबाट मृत्यु भएका मगर परिवारलाई १० लाख सहयोग


जनकपुर । आठ महिनाअघि धनुषाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका ८० वर्षीय पदमबहादुर खप्तरी मगरका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा बिहीबार आयोजित एक कार्यक्रमबीच धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र वन डिभिजन कार्यालय धनुषाका प्रमुख सुनिलकुमार कर्णले संयुक्तरूपमा १० लाख रुपैयाँको चेक मृतकका पत्नी टुकीमाया खप्तरी मगरलाई प्रदान गरे । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम संघीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको हो ।

राहत रकमको बुझ्दै मृतक मगरका ७४ वर्षीया पत्नी टुकीपमायाले आफूलाई सरकारले यसप्रकारको सहयोग गरेपछि आफ्नो बाँकीको जीवन जिउन सहज हुने बताइन् । २०७७ साल चैत १६ गते राति धनुषाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रमणमा परी पदमबहादुर खप्तरी मगरको मृत्यु भएको थियो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया