Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेः नेपाल स्थापनाको एक वर्ष पूरा

नेः नेपाल स्थापनाको एक वर्ष पूरा


काठमाडौं । सन् २०१८ मा सञ्चालनमा आएको नेः नेपालले एक वर्ष पूरा गरेको छ । यो अवधिमा नेः नेपाल नेपालका कला, नेपाली जनता र नेपालका कथाहरुलाई वर्णन गर्न सफल भएको छ ।

कम्पनीले अहिले ३५ जना फरक कलाशिल्पी र अन्य महिलाहरुसँग मिलेर उनीहरुद्धारा उत्पादित हस्तकलाका विविध उत्पादनहरुको प्रवद्र्धन गर्ने काम गर्दै आएको छ । कम्पनीको उद्देश्य भनेको नेपाली कलाकर्मीहरुलाई सुदृढ बनाउने अवसर प्रदान गर्दै अगामी दिनमा उनीहरुले बनाएका वस्तुहरुलाई अझै परिष्कृत बनाउन सक्षम होऊन् भनेर प्राविधिक ज्ञान र विशेषज्ञता प्रदान गर्नु हो ।

कोरोनाको उच्च जोखिमको बीचमा नेः नेपालको स्थापना भएको थियो । स्थापनाको एक वर्ष पूरा हुँदै गर्दा कम्पनीले ललितपुरको झम्सिखेलमा नयाँ स्टोर समेत खोलेको छ । उक्त स्टोर सुन्दर वृक्षको फेदमा विभिन्न उच्च कलाशिल्पको सजावटसहित सुसज्जित रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया