Techie IT
×
गृहपृष्ठबिबिधऔषधि पसलमा आगलागी हुँदा २० लाखको क्षति

औषधि पसलमा आगलागी हुँदा २० लाखको क्षति


जनकपुरधाम, माघ १९
जनकपुरधाममा एक औषधि पसलमा भएको आगलागीमा करिब २० लाखको औषधि जलेर नष्ट भएको छ । जनकपुरधामको अस्पताल रोडमा रहेको कल्पना मेडिकल हलम भएको आगलागीमा सो पसलमा रहेको सबै औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी पसलमा रहेका सबै औषधिहरु पूर्णरुपमा जलेर नष्ट हुँदा २० लाखभन्दा बढीको क्षति भएको पसलका सञ्चालक पंकज साहले बताए । आगलागी वारुणयन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । यसबारे अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । पसलमा आगलागी कसैले रिसइबीको आधारमा गरेको पसलेको आरोप छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया