Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबजार व्यवस्थापन फितलो हुँदा उपभोक्तालाई सास्ती

बजार व्यवस्थापन फितलो हुँदा उपभोक्तालाई सास्ती


सोलुखुम्बु । जिल्ला सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँ बजारको व्यवस्थापनमा कमजोरी पाइएको छ । वर्षौँदेखि हाट लाग्दै आएको सो क्षेत्रको व्यवस्थापन कमजोर हुँदा बजार नै अस्तव्यस्त भएको सर्वसाधारणको गुनासो छ ।

सोलुदुधकुण्ड नगरपालिका ६ मा पर्ने नयाँ बजारमा सडकको दायाँबायाँ भागमा नै विभिन्न सामग्रीहरू राखेर बिक्री गर्ने तथा सोही स्थानमा सवारी पार्क गर्दा जाम हुनेगरेको क्रेता पेमा रिन्जी शेर्पाले गुनासो गरे । सामग्री राखेर बेच्ने स्थान र सडक विभाजन नहुँदा दुर्घटनाको जोखिमलाई बढवा दिइरहेको अर्का क्रेता सुजन मगरकोे भनाइ छ । अन्य समयमा खासै समस्या नहुने भए पनि शनिबारका दिन मानिसहरूको भिड समेत बाक्लो हुने भएकाले सो दिन बजार व्यवस्थापन समितिले उचित व्यवस्थापन गर्नुपर्ने अर्का क्रेता सर्मिला राई गुनासो गरिन् ।

बजारको व्यवस्थापन गर्ने दायित्व व्यवस्थापन समितिको भए पनि बजार क्षेत्र अस्तव्यस्त हुँदा समेत व्यवस्थापन समिति मुकदर्शक बनेको सवारीचालक युवराज तामाङको भनाइ छ । हाटमा किनमेल गर्न आएका मानिसहरूले जथाभावी सवारी पार्क गर्नेगरेका कारणले पनि शनिबार सवारी जाम हुनेगरेको व्यापारी हिरा राईले बताइन् । जसका कारण गाडी जाम हुने, बजार नै अस्तव्यस्त हुनेजस्ता समस्या देखिने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र श्रेष्ठले व्यवस्थापनमा कमजोरी भएकाले सुधार गर्ने बताए । अध्यक्ष श्रेष्ठले बजारलाई व्यवस्थित गर्ने दायित्व समितिको भए पनि पछिल्लो समय समन्वय नहुँदा समस्या भएको बताए । यता वडा अध्यक्ष राम कुमार श्रेष्ठले शनिबारे हाटमा जथाभावी पार्क गरिएको सवारी साधनलाई ट्राफिक प्रहरीले व्यवस्थापन गरेको खण्डमा अन्य समस्या आफैँ समाधान हुने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया