Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘मिस एयर होस्टेज २०२१’ को लागि २५ जना छनौट

‘मिस एयर होस्टेज २०२१’ को लागि २५ जना छनौट


काठमाडौं । ‘मिस एयर होस्टेज २०२१’ पाँचौँ संस्करणमा २५ जना छनौट भएका छन् । विगत १३ वर्षदेखि निरन्तर रुपमा सिजन मिडियाले विभिन्न सौन्दर्य प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ ।

उपत्यकालगायत मोफसलका विभिन्न एयरहोस्टेजको तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयरहोस्टेजसम्बन्धी तालिम लिएर जागिरको खोजिमा बसेका अथवा विमान परिचारिका बन्ने लक्ष्य लिएकाहरुमध्ये यस प्रतियोगितामा सहभागिताका लागि ४५ जना युवतीहरुले आवेदन दिएका थिए । उक्त छनौट कार्यक्रममा निर्णायकमा अफिसियल कोरियोग्राफर रोजिन शाक्य, एयरहोस्टेज तालिम प्रशिक्षक गौरिकला थापा, हिमालयन एयरलाइन्सका सिसनयर इन्जिनियर रन्जित जैसवाल र सेमन्त श्रेष्ठ रहेका थिए । पहिलो चरणको छनौटबाट छनौट भएका प्रतियोगीहरुलाई मंसिरको २२ गतेबाट राष्ट्रिय नाचघर जमलमा दिनको २ देखि ४ बजेसम्म तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

विमान परिचारिका बन्न चाहने युवतीहरुको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुशल विमान परिचारिका तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले वताए । उनका अनुसार विगत केही वर्षको अन्तरालपछि फेरि पनि यस प्रतियोगितालाई निरन्तरता दिने हेतुले योे पाँचौँ चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो ।

उक्त प्रतियोगितात्मक कार्यक्रममा २५ जना प्रतियोगीहरुलाई सहभागी गराइनेछ । अन्तिम प्रतिस्पर्धा पुसको पहिलो साता राजधानीमा हुनेछ । प्रतियोगिताका विजेताले ‘मिस एयर होस्टेज २०२१’ कोे ताज उपाधिसहित विमान परिचारिका बन्ने अवसर पाउनेछन् । साथै उच्च शिक्षाको लागि छात्रावृत्ति साथै वैदेशिक शिक्षाको लागि पनि लागि छात्रावृत्ति प्रदान गरिनेछ भने अन्य विभिन्न उपहारहरु पनि प्रदान गरिने आयोजकले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया