Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएक वर्षको अवधिमा १० जनाको मात्रै पाठेघरको मुखको क्यान्सर पहिचान

एक वर्षको अवधिमा १० जनाको मात्रै पाठेघरको मुखको क्यान्सर पहिचान


महेन्द्र शाही
सोलुखुम्बु, माघ २०
सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुले सुरु गरेको पाठेघरको मुखको क्यान्सरको पहिचान गर्न १० जना मात्रै सेवाग्राही आएका छन् । गत पुस २२ गतेबाट अस्पतालले सुरु गरको निःशुल्क सेवाबाट १० जनाले मात्र सेवा लिएका हुन् । हप्ताको २ दिन मगंलबार र बुधबार अस्पतालले सेवा प्रदान गर्दै आएको छ । क्यान्सर पहिचान तथा जाँच सेवालगायतका पहिचान सेवा प्रदान गरिने गरिएको भए पनि सेवाग्राही भने न्यून मात्रामा मात्रै आउने गरेको अस्पतालकी सूचना अधिकारी एवं निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।

पाठेघरको जाचँका लागि महिलाहरू टाढा जानुपर्ने भएकाले जिल्लामा नै पाठेघरको मुखको क्यान्सरको जाचँ गर्ने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । आर्थिक स्थिति कमजोर भएका महिलाहरूमा रोग पालेर बस्ने अवस्था भएकाले अस्पतालले निःशुल्क सेवा सुचारु गरेको निमित्त प्रमुख शेर्पाको भनाइ छ । हाल अस्पतालमा क्यान्सरको जाँच मात्र गरिने गरिएको उनले बताइन । प्रदेश सरकारले थप उपकरण पठाउने तयारी गरिरहेकाले उपकरण प्राप्त भएपश्चात् उपचार सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ । महिलामा अझै पनि चेतनाको अभाव भएकाले न्यून मात्रामा सेवाग्राही आएको हुनसक्ने शेर्पाको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया