सशस्त्र प्रहरी परिवार महिला संघको महिला स्वास्थ्य जनचेतना कार्यक्रम
काठमाडौँ । नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा बिहीबार ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त जनचेतनामूलक कार्यक्रममा गण्डकी प्रदेशका सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्की, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन मातहत महिला सशस्त्र प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका एक सय जना महिला सदस्यहरुको समेत उपस्थिति थियो ।
महिला स्वास्थ्यसम्बन्धी विविध जानकारी प्रधान गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त जनचेतनामूलक कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर तथा स्तनमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी अपनाउनुपर्ने सुरक्षात्मक उपाय, समाधान र उपचारका विधिहरु बारेमा प्रकाश पारे ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपती, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका समादेशक लगायत सो बाहिनी मातहतका सिनिय तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिति थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया