Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबिजुलीको पोल सार्न एक लाख ४० हजार घुस

बिजुलीको पोल सार्न एक लाख ४० हजार घुस


काठमाडौँ । बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस माग्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरण, काठमाडौँ ग्रिड महाशाखा सबस्टेसन पाटन, ललितपुरमा कार्यरत सबस्टेसन प्रमुख (सुपरभाइजर, पाँचौँ तह) सोमप्रसाद पहाडीलाई एक लाख ४० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग उक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रण लिएको हो । पहाडीलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिई कारबाहीको लागि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया