काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिकाका जनप्रतिनिधिले नागरिकता बनाउनको लागि सेवाग्राहीसँग करिब डेढ लाख रुपैयाँ घुस लिएको पाइएको छ ।भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिमबहादुर गुरुङ र वडासदस्य कुलबहादुर गुरुङले नागरिकता बनाउनको लागि सिफारिस दिन एक लाख ३५ हजार रुपैयाँ घुस लिएको पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वडाध्यक्ष भिमबहादुर र वडासदस्य कुलबहादुरले दोहोरो नागरिकता बनाउन झुटो विवरणको आधारमा सिफारिस दिई सेवाग्राहीसँगबाट उक्त रकम लिएका थिए । आयोगले वडाध्यक्ष र सदस्य गुरुङद्वयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो एक लाख ३५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (घ) बमोजिम सजाय माग गरी बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
यस्तै घुस लिएको रकम सेवाग्राहीलाई नै फिर्ता दिलाइपाउन साथै वडाध्यक्ष भिमबहादुर गुरुङले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुटो विवरणको आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय मागदाबी गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया