Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुमा डाउन ज्याकेटको व्यापार बढ्यो

सोलुखुम्बुमा डाउन ज्याकेटको व्यापार बढ्यो


सोलुखुम्बु । चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा डाउन ज्याकेटको माग अत्यधिक बढेकोे छ । शरद क्रतुबाट नै चिसो सुरु हुने यहाँ अन्य कपडासँगै डाउन ज्याकेट अर्थात् प्वाँखबाट बनेका ज्याकेटको माग अत्यधिक रहेको व्यवसायीहरूले बताएका छन् । अन्य सामन्य ज्याकेट तथा कपडाको तुलनामा डाउन ज्याकेटले बढी नै न्यानो प्रदान गर्ने हुँदा यसको माग उच्च भएको सल्लेरीका व्यवसायी सागर हिङमाङले बताए ।

उनले भने, ‘डाउन ज्याकेटलाई त अन्य लुगा कपडासँग तुलना नै गर्न मिल्दैन नि, यसमा न्यानो प्रदान गर्न सक्ने त्यस्तो गुण हुन्छ कि जुन गुण अरु कपडामा हुँदैन । त्यसैले पनि यहाँ यसको माग थेगी नसक्नु छ, मागअनुसारको सामान नै उपलब्ध गराउन सकेको छैन् ।’ चिसो बढेसँगै सर्वसाधरण नागरिकहरू चिन्तित भए पनि टेलरिङ व्यवसाय गर्नेहरूका लागि भने सुनौलो अवसर बनेको छ । जसका कारण आफुहरू डाउन ज्याकेट उत्पादनमा भ्याईनभ्याई रहेको सल्लेरीका अर्का व्यवसायी लोक बहादुर दर्जी बताउँछन् । जिल्ला सदरमुकाम सल्लेरी क्षेत्रमा लभगभ ४० वटा टेलर नियमित रूपमा सञ्चालमा छन् । जाडो समयमा यहाँका टेलर मात्रै नभएर अन्य फेन्सी पसलहरू समेत व्यस्त बनेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया