Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै

दोलखामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै


दोलखा । जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । गत सातासम्म कोरोना संक्रमणदर शून्य रहेको दोलखामा पछिल्लो एकै सातामा ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार गत शनिबार २४ जनालाई, आइतबार २० जनालाई र सोमबार ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार कोरोना पुष्टि हुनेहरूमा जिरी नगरपालिकाका दुई जना, भीमेश्वर नगरपालिकाका एक जना र ताामाकोशी गाउँपालिकाका पाँच जना रहेका छन् । कोरोना संक्रमण नियन्त्रणको लागि सबै पालिकाहरूमा एन्टिजिन परीक्षणलाई तीव्रता दिइरहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।

यस्तै जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लामा कोरोनाको तेस्रो लहरको जोखिम बढेको भन्दै अनिवार्य खोपकार्ड कार्यक्रम लागू गरेको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि माघ ७ गतेबाट सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरूमा सेवा लिनका लागि कोरोना खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था लागू गरिएको प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले जानकारी दिए । उनका अनुसार गृह मन्त्रालयको निर्णयअनुसार उक्त व्यवस्था दोलखामा पनि लागू गर्न लागिएको हो । यस्तै सार्वजनिक स्थानहरू, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, पार्क आदिमा प्रवेश गर्दा पनि अनिवार्य रूपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निरौलाले बताए । यता स्वास्थ्य कार्यालय दोलखाले पनि जोखिम बढेको भन्दै माघ ६ गतेदेखि १४ गतेसम्म खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

कार्यालयले माघ ६ गतेदेखि १४ गतेसम्म १२ वर्षदेखि १७ वर्ष उमेरसमूहका सबै बालबालिकालाई कोभिड १९ विरुद्धको खोप मोडर्नाको दोस्रो मात्रा लगाउने जिल्ला स्वास्थ्य प्रमुख पौडेलले जानकारी दिए । मोडर्नाको दोस्रो मात्रा विगु गाउँपालिका, गौरीशंकर गाउँपालिका, कालिञ्चोक गाउँपालिका र मेलुङ गाउँपालिकामा माघ ६, ७ र ८ गते लगाइने भएको छ । त्यस्तै तामाकोशी गाउँपालिकामा ८, ९ र १० गते, भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका र शैलुङ गाउँपालिकामा १२, १३ र १४ गते लगाइने र पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई पनि पहिलो मात्र दिने कार्यक्रम छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया