Techie IT
×
गृहपृष्ठबिबिधघलेम्दी हाइड्रोको नाफामा वृद्धि

घलेम्दी हाइड्रोको नाफामा वृद्धि


काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालू आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख सात हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ९६ लाख ७२ हजार रूपैयाँ ऋणात्मक थियो ।

कम्पनीले इन्स्योरेन्सबापतको एक करोड ५० लाख रूपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा देखिएको हो । यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर एक करोड ६४ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर एक करोड ८८ लाख ७४ हजार रूपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीको चुक्ता पुँजी ५५ करोड रूपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि एक सय रूपैयाँ २८ पैसा पुगेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया