क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ
काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार भक्तपुरको दुवाकोट–२ का ३० वर्षीय रविन्द्र अधिकारी क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा न्युरोडस्थित गुच्चा टोलबाट अधिकारीलाई फेला पारी अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको तथ्य फेला परेको आधारमा उनलाई पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार अधिकारीले मोबाइलबाट बिटक्वाइन कारोबार गरेको रेकर्ड भेटियो, यसको नेपाली मूल्य १३ लाख रुपैयाँ पर्न आउने पनि कार्यालयले जानकारी दिएको छ । पक्राउ परेको अधिकारीलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको पनि प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया