Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदुई करोड लगानीमा ‘हेयर एण्ड शान्ति’को नयाँ शाखा दरबारमार्गमा

दुई करोड लगानीमा ‘हेयर एण्ड शान्ति’को नयाँ शाखा दरबारमार्गमा


काठमाडौं । अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’को २७औँ शाखा काठमाडौंको दरबारमार्गस्थित दरबारमलको पहिलो तल्लामा सुरु भएको छ । सलुनको नेपाल उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै)ले उद्घाटन गरेका छन् ।

नेपालको १०औँ शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर, पेडिकेयरलगायतको सेवा उपलब्ध भएको सञ्चालक सरु थापाले बताइन् । सलुनको नयाँ शाखा १४ सय वर्गफिट फराकिलो छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रविधि सुरु गरिएको सलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।

व्यवसायीहरु सरु थापा, दुर्गा प्रसाद सुवेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संवेदनशीलतामा ख्याल गर्दै विश्वविख्यात सौन्दर्य प्रसाधनको प्रयोग गरिने सञ्चालकको दाबी छ । २२ वर्षअगाडि चितवनकी शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सलुनको सुरुवात गरेकी हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया