प्रिमियर इन्टरनेशनल स्कुल र स्पोर्ट्स फेडेरेसनबीच नयाँ साझेदारी
काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलले नेपाल खेलकुद महासंघ समेत आबद्ध इन्टरनेशल स्कूल स्पोर्ट फेडेरेसनसँग नयाँ सहकार्य गरेको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच नयाँ साझेदारीको औपचारिक घोषणाका साथै साझेदारी भएको पूर्ण सदस्यताको प्रमाण–पत्र समेत हस्तान्तरण गरिएको थियो ।
यस सहकार्यले अन्तर्राष्ट्रियस्तरका खेलकुद पाठ्यक्रमहरूलाई नेपाली विद्यालयमा समावेश गरी खेलकुदको परिदृश्यमा सुधार गर्ने लक्ष्य राखिएको छ । प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कूलले स्थापनाकालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा परिवर्तन ल्याएको छ । देशमा आईबी कार्यक्रमहरू सुरु गर्ने प्रिमियर अग्रगामी स्कूल हुनुका साथै अन्तर्राष्ट्रियस्तरको खेलकुद पूर्वाधार र कार्यक्रमहरूको सुरुवात गर्न, देशको समग्र शिक्षा प्रणालीको विकास गर्न र यस २१औँ शताब्दीमा सक्षम र राम्रा विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्न सधैँ अग्रणी भूमिका निर्वाह गरेको स्कुलको दाबी छ । यस सहकार्यसँगै प्रिमिय स्कूलले अर्को थप नयाँ खुड्किला चढ्न सफल भएको जनाएको छ ।
इन्टरनेशनल ओलम्पिक कमिटीद्वारा मान्यता प्राप्त इन्टरनेशनल स्कूल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) ले सन् १९७२ देखि स्कूल खेलकुदको लागि अन्तर्राष्ट्रिय खेलकुद व्यवस्थापन निकायको रूपमा काम गर्दै आएको छ । यस निकायको प्राथमिक उद्देश्य भनेकै खेलकुदको माध्यमबाट शिक्षा प्रदान गर्नु हो । प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कूल नेपालको पहिलो र आईएसएफको एकमात्र पूर्ण सदस्य रहेको छ, जसले नेपाललाई विश्व खेलकुद महासंघको समेत गौरवान्वित सदस्य बनाएको छ ।
यस नयाँ सहकार्य मार्फत नेपाली स्कूलका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको खेलकुद क्षेत्रमा परिचय र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । स्कूल समर गेम्स (यू १८), वर्ल्ड स्कूल च्याम्पियनसिप, आईएसएफ ई स्पोर्टजस्ता अन्य धेरै विद्यालय–स्तरका खेलकुद कार्यक्रमहरू आयोजना गर्नको लागि आईएसएफ मान्यताप्राप्त संघ हो । यस सहकार्यबाट अब नेपालका विद्यार्थीले हरेक वर्ष यी खेलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । विद्यार्थीहरूले विश्वका विभिन्न भागहरुबाट ३५ सयदेखि पाँच हजारविद्यार्थीहरूसँगै २० भन्दा बढी शैक्षिक र गैर–शैक्षिक खेलहरूमा भाग लिन सक्नेछन् ।
यस सहकार्यमार्फत प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलका विद्यार्थीहरुका साथै अन्य स्कूलका अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने विद्यालय खेलकुदमा संलग्न हुनको लागि नयाँ ढोका खुलेको छ । नेपालको शिक्षा प्रणालीमा खेलकुद विकासको चरणमा रहेको र प्रिमियर तथा आईएसएफ दुवैले यस इको सिस्टमलाई अझ सुदृढ पार्नको लागि महत्वपूर्ण योगदान पु-याउने लक्ष्य राखेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया