दोलखा । भूकम्पले ध्वस्त बनेका जिल्लाका ग्रामीण भेगका ३१ वटा स्वास्थ्य चौकी भवनको पुननिर्माण काम धमाधम भइरहेको छ । जिल्लाका नौ स्थानीय तहका ग्रामीण भेगमा रहेका स्वास्थ्य चौकीहरूको केहीको निर्माणको काम सम्पन्न भइसकेको छ भने केही निर्माणको चरणमा रहेका छन् ।
सरकारले भूकम्पपछि यहाँका ३१ वटा स्वास्थ्य चौकी भवन निर्माण तथा मर्मतको लागि ७८ करोड ७७ लाख ६४ हजार चार सय रूपैयाँ खर्च गरेको छ । त्यसमा विदेशी दातृ निकायको ४३ करोड ३४ लाख अनुदान सहयोग रहेकोे छ । भूकम्पले ध्वस्त बनेको जिल्लाका आठवटा स्वास्थ्य चौकी भवनको निर्माणसम्पन्न भएर प्रयोगमा आइसकेको छ भने २४ वटा भवनको निर्माण पनि चालू वर्षभित्र सकिने जिल्ला आयोजना एकाइ भवन तथा आवास निर्माण कार्यालय चरीकोट र स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कार्यालयका अनुसार चालू वर्षको असारसम्म सबै स्वास्थ्य भवनको निर्माणसम्पन्न हुने छ । निर्माणको चरणमा रहेका २४ वटा स्वास्थ्य चौकी भवन जिल्लाका ग्रामीण बस्तीमा निर्माण भइरहेका छन् । जिल्लाको भीमेश्वर नगरपालिकामा चारवटा भवन, बैतेश्वर गाउँपालिकामा दुईवटा, कालिञ्चोक गाउँपालिकामा तीनवटा, गौरीशंकर गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकी भवनको पुनर्निर्माण हुन लागेको हो ।
त्यसैगरी जिरी नगरपालिकाको ठूलोपात स्वास्थ्य चौकी र श्यामा स्वास्थ्य चौकी भवन गरी दुईवटा भवनको निर्माणसम्पन्न गरिएको छ । त्यसैगरी शैलुङ गाउँपालिकामा चारवटा र विगु गाउँपालिकाभित्रका तीनवटा स्वास्थ्य चौकी भवनको निर्माणको काम पनि यहीँ वर्ष सकिने भएको छ । त्यसैगरी तीनवटा आयुर्वेद स्वास्थ्य चौकी भवनको पनि निर्माण जारी रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया