चारवटा फलफूल प्रशोधन मेसिन वर्षौँदेखि प्रयोगविहीन
सोलुखुम्बु । सोलुखुम्बुमा चारवटा फलफूल प्रशोधन मेसिन (डिस्टीलरी) वर्षौँदेखि प्रयोगविहीन बनेको छ । जिल्लाको बागबानी केन्द, फाप्लु, गार्मा र पत्तालेमा गरी चारवटा प्रशोधन मेसिन डिस्टीलरी एक दशकदेखि प्रयोगविहीन बनेको हो ।
जिल्लामा फलफूल भण्डार तथा प्रशोधन केन्द्र नहुँदा बिक्री नभएका फलफूलहरू त्यत्तिकै खेर फाल्नुपर्ने बाध्यता किसानमा छ । यहाँ किबी, स्याउ, आरुबखडा, नास्पातीलगायतका धेरै प्रकारका फलफूलहरू उत्पादन हुनेगरेको छ । तर जिल्लामा प्रशोधन केन्द्र नहुँदा बिक्री हुन नसकेका फलफूल बस्तुभाउलाई खुवानुपर्ने वा कुहुवाएर फाल्नुपर्ने बाध्यता रहेको सोलुदुधकुण्ड नगरपालका ७ गार्माका दोमी शेर्पाले गुनासो गरे । उनले भने, ‘हामी धेरै फलफूल खेती गर्छौँ, उत्पादन पनि हुन्छ तर बिक्री नभएका फलफूलहरू राख्ने ठाउँको साह्रै अभाव छ, न यहाँ भण्डारण केन्द्र छ न त प्रशोधन मेसिन नै । जसले गर्दा बिक्री नभएका फलफूलहरू त्यत्तिकै खेर फाल्नुपर्ने वा गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यता छ ।’
प्रयोगविहीन बनेको प्रशोधन मेसिन तत्काल प्रयोगमा ल्याउने सम्भाव नरहेको बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले बताए । उक्त मेसिनहरू धेरै वर्ष पुरानो भएर खिया लागिसकेकाले सञ्चालनमा ल्याउन नसकेको कार्यालयले जनाएको छ । डिस्टिलरी प्रयोगमा आएको खण्डमा फलफूलको जाम, जुस, वाइनसहित धेरै परिकार बनाउन सकिन्छ । तर किसानको गुनासो सम्बोधनमा स्थानीय सरकार गम्भीर नबनेको कृषकहरूको गुनासो छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया