Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकर्स एसोसिएसन मैत्रीपूर्ण फुटबलमा विजयी

बैंकर्स एसोसिएसन मैत्रीपूर्ण फुटबलमा विजयी


वीरगञ्ज, माघ २६
वीरगञ्जमा जारी प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा बैंकर्स एसोसिएसन विजयी भएको छ । आदर्शनगर रंगशालामा भएको खेलमा बैंकर्स एसोसिएसनले आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सालाइ ३–० गोलले पराजित गरेको हो ।

पहिलो हाफमा २–० ले अग्रता लिएको बैंकर्स एसोसिएसनले दोश्रो हाफमा थप १ गोल गरेर ३–० को नतीजा सहित जित हात पारेको हो । बैंकर्स एसोसिएसनका लागि विशाल श्रेष्ठले २ र सन्तोष साहले १ गोल गरेका हुन् । गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि शनिबार हुने फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रबार बैंकर्स एसोसिएसन र आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साबीच मैत्रीपूर्ण खेल भएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया