Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतालिमको नाममा लाखौं बजेट खर्च, उपलब्धि शून्य

तालिमको नाममा लाखौं बजेट खर्च, उपलब्धि शून्य


आशिष बहादुर सिंह
बझाङ, माघ २६
बझाङमा तालिमको नाममा लाखौँ बजेट खर्च भएको देखिए पनि उपलब्धि भने शून्यजस्तै छ । बिषेशगरी महिलालाई सिलाइकटाइ तालिमको लागि सबै स्थानीय तहले महिला लक्षित कार्यक्रमको लागी घरेलु विकास समितिको साझेदारीमा विभिन्न तालिम सञ्चालन गर्दै आइरहेका छन् । तर उक्त तालिमहरु तालिममा मात्रै सीमित रहेको पाइएको छ । सीपयुक्त तालिम लिए पनि महिलाहरुले तालिमलाई सदुपयोग गर्नसकेका छैनन् ।

जिल्ला घरेलु तथा साना उधोग समितिले तालिम लिएका व्यक्तिहरुले तालिमको सदुपयोग नगरेको हुँदा उधोग र उद्यमीहरुको विकास हुन नसकेको बताएको छ । शुक्रबार सदरमुकाम चैनपुरमा आयोजना गरिएको स्थानीय सरकारका जनप्रतिनिधिसंग गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको बारेमा छलफल अन्र्तक्रिया कार्यक्रममा जिल्लाभरी नै उक्त समस्या देखिएको सहभागीहरुले बताए । जिल्लामा घरेलु विकास समितिमार्फत हालसम्म २ हजारभन्दा बढी व्यक्तिहरुलाई विभिन्न प्रकारका उद्योग व्यवसाय सम्बन्धि तालिम दिएको छ ।

त्यस्तै घरेलु विकासअन्तर्गत रहेको मेडपा परियोजनाबाट पनि गएको २ वर्षमा १ हजार १८ जनालाई विभिन्न स्वरोजगारमूलक तालिम दिएको थियो । तर तालिम प्राप्त व्यक्तिहरुले तालिमलाई व्यवहारमा उपयोग भने गरेका छैनन् । मानिसहरु तालिम लिन आउने भए पनि तालिम लिएअनुसार काम नगर्ने गरेको जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले बताइन् । जिल्लामा भएका एनजीओ आईएनजीओको पहिलो रोजाइ सिलाइकटाइ तालिम रहेको छ । तर सिलाइकटाइ तालिम लिएका कुनै पनि महिलाले टेलरिङको काम गर्ने गरेका छैनन् । छबिस पाथिभेरा गाउँपालिकाका उपाअध्यक्ष राधिका रताला जोशीका अनुसार सेती ट्रेनिङ सेन्टरले मात्र बझाङमा करिब ३ सय ४० जनालाई सिलाइकटाइ तालिम, मोबाईल रिपेरिङ्ग तालिम, कम्प्युटर तालिमलगायत सञ्चालन गरेको थियो ।

अधिकांश संघ/संस्थाले दिएका तालिमहरु छोटो अवधीका हुने र तालिममा सहभागीहरुले पूर्ण दक्ष नभएका कारण तालिमलाई रोजगारीको रुपमा प्रयोग गर्न नसकेको स्थानिय जनप्रतिनिधिको भनाई छ । केदारस्यू गाउँपालिकाकी उपाअध्यक्ष निशा धामी ठगुन्नाका अनुसार कतिपय संघ-संस्थाले स्थानीय तहसँग समन्वय नै नगरि तालिम सञ्चालन गर्ने गरेका छन् । गरिबी न्यूनीकरण गर्न जिल्लाका १२ वटै स्थानीय तहमा तालिम सञ्चालन गरे पनि उपलब्धि भने सन्तोषजनक नरहेको घरेलु विकास अधिकृत खडक बोहराले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया