दोलखा । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ डाँडामा साहित्यिक–सांस्कृतिक महोत्सव २०७८ आयोजना गरिने भएको छ । शैलुङडाँडाको प्रचारप्रसारका लागि शैलुङ गाउँपालिकाले आगामी शुक्रबार उक्त महोत्सव गर्न लागेको हो ।
शैलुङ गाउँपालिकाले दोलखाकै मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिका समेतको आर्थिक सहयोगमा उक्त महोत्सव गर्न लागेको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । उक्त महोत्सव आयोजना गर्न करिब १५ लाख रूपैयाँ लाग्ने उनले सुनाए । महोत्सवको लागि मेलुङ र दोरम्बा शैलुङले गाउँपालिकाले तीन÷तीन लाख रूपैयाँ सहयोग गरेका छन् । दोलखा र रामेछाप दुवै जिल्लाको भू–भागमा शैलुङ फैलिएको छ । यस्तै महोत्सवको लागि जिल्ला समन्वय समिति दोलखा, रामेछाप र सिन्धुपाल्चोकको पनि सहयोग रहने अध्यक्ष दुलालले जानकारी दिए । गाउँपालिकाले महोत्सव तयारीको लागि २२ वटा उपसमिति समेत बनाएको छ । उक्त उपसमितिहरूले आवश्यक तयारी गरिरहेको अध्यक्ष दुलालले बताए ।
महोत्सवले शैलुङ गाउँपालिकाको विकाससँगै यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा शैलुङको प्रचार गराउने अध्यक्ष दुलालको भनाइ छ । गाउँपालिकाले महोत्सवलाई भव्यरूपमा सम्पन्न गर्न देशभरका चर्चित साहित्यकार, कलाकार तथा सर्जकहरूलाई बोलाएको छ । महोत्सवमा स्थानीय तह गठनपश्चात् शैलुङले गरेको विकासको बारेमा वृत्तचित्र तथा फोटोको दृश्यचित्र पनि सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ । महोत्सवको शुक्रबार ११ बजे पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया