एक लाख नौ हजार क्यूफिटभन्दा बढी काठ निकासी
सोलुखुम्बु । जिल्लाबाट चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक लाख नौ हजार क्यूफिटभन्दा बढी काठ निकासी भएको छ । चालू आर्थिक वर्षको साउनदेखि माघ अन्तिमसम्ममा एक लाख नौ हजार दुई सय ९१ दशमलव २७ क्यूफिट व्यावसायिक प्रयोजनका लागि निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
यसबाट पाँच लाख ३९ हजार सात सय ७० रुपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) र एक लाख ९१ हजार छ सय ३० रुपैयाँ प्रदेश कर संकलन भएको कार्यालयका फरेष्टर खेचरबाबु बास्तोलाले जानकारी दिए । उनका अनुसार साउनमा नौ हजार सात सय ८५ दशमलव ९९ क्यूफिट काठ निकासीबाट एक लाख ५३ हजार छ सय ४५ रुपैयाँ भ्याट र २५ हजार २८ रुपैयाँ प्रदेश कर, भदौमा एक हजार नौ सय ४२ क्यूफिट काठ निकासीबाट २५ हजार दुई सय ६० रुपैयाँ भ्याट र तीन हजार आठ सय ९० रुपैयाँ प्रदेश कर, असोजमा एक सय ६० दशमलव १५ क्यूफिट काठ निकासीबाट नौ हजार छ सय ३५ भ्याट र एक हजार चार सय ८२ रुपैयाँ प्रदेश कर संकलन भएको छ ।
यस्तै कात्तिकमा ११ हजार आठ सय ६७ दशमलव ४५ क्यूफिट काठ निकासीबाट एक लाख ६१ हजार २९ रुपैयाँ भ्याट र २५ हजार तीन सय २६ प्रदेश कर, मंसिरमा २५ हजार पाँच सय ५१ दशमलव ७९ क्यूफिट काठ निकासीबाट तीन लाख ८४ हजार ६६ रुपैयाँ भ्याट र ५३ हजार नौ सय २१ रुपैयाँ प्रदेश कर, पुसमा १८ हजार एक सय १९ दशमलव २७ क्यूफिट काठ निकासीबाट दुई लाख ९३ हजार छ सय छ रुपैयाँ भ्याट र ४४ हजार नौ सय ८४ रुपैयाँ प्रदेश कर र माघमा २१ हजार ८ सय ६४ दशमलव ६२ क्यूफिट काठ निकासीबाट पाँच लाख ३९ हजार सात सय ७० रुपैयाँ भ्याट र एक लाख ९१ हजार छ सय ३० रुपैयाँ प्रदेश कर संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयले काठ व्यावसायिक प्रयोजन (आन्तरिक तथा बाह्य निर्यात)का लागि निजी वनबाट बन पैदावर गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कुर (भ्याट) र दुई प्रतिशत प्रदेश कर लिने गरेको फरेस्टर बास्तोलाले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया