Techie IT
×
गृहपृष्ठबिबिधसिटी स्पेसियालिटी हेल्थ क्लिनिकले स्वास्थ्य जाँचमा छुट दिने

सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले स्वास्थ्य जाँचमा छुट दिने


काठमाडौं । विश्व नारी दिवसको अवसरमा ललितपुरको चापागाउँ दोबाटो (सातदोबाटो) स्थित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट प्याकेज सार्वजनिक गरेको छ ।

क्लिनिकले ओपीडी निःशुल्क, ल्याब जाँच ३० प्रतिशत छुट, अल्ट्रासाउन्डमा ३० प्रतिशत छुट, ईसीजी ३० प्रतिशत छुट, औषधिमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो । नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि ३० गतेसम्म एक हप्ता महिला तथा पुरुष दुवैलाई छुट दिइने क्लिनिकका प्रमुख डा. सुमन सिम्खडाले जानकारी दिए । साथै क्लिनिकले ओमन्स डे स्पेसल हेल्थ प्याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिला तथा पुरुषले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया