Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधशुक्लाफाँटामा साक्षर बनाउन अभियान सञ्चालन

शुक्लाफाँटामा साक्षर बनाउन अभियान सञ्चालन


कञ्चनपुर, माघ २७
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरभरिका निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउनका लागि साक्षर अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा रहेका जम्मा दुई हजार आठ सय ८२ निरक्षर व्यक्तिलाई साक्षर बनाउन साक्षर अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकामा रहेका दुई सामुदायिक अध्ययन केन्द्रमार्फत नगरपालिकाका १२ वटै वडाका साक्षर हुन बाँकी सबै नागरिकका लागि साक्षरता अभियान सञ्चालन गर्न लागेको हो । कार्यक्रमअन्तर्गत १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरलाई साक्षर बनाउनका लागि ८८ वटा कक्षामार्फत साक्षर बनाईने नगरपालिकाको प्रवक्ता जगत बहादुर सिंहले बताए ।

‘निरक्षरलाई साक्षर बनाउनका लागि सहजकर्ता छनौट गरी कक्षा सञ्चालनको तयारी सुरु गरेका छौं,’ उनले भने, ‘नगरपालिका क्षेत्रमा रहेका सबै निरक्षर महिला पुरुषलाई साक्षर बनाउँछौँ । २८ गते नगरसभा बस्दै छ त्यसबाट २ गते वा ५ गते कहिलेदेखि सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन्छ ।’

आगामी फागुन ५ गतेदेखि निरक्षर व्यक्तिहरुका लागि कक्षा सञ्चालन गरिने र सबै निरक्षर नागरिकलाई साक्षर बनाएपछि नगरलाई साक्षर क्षेत्र घोषणा गरिने सिहँले जानकारी दिए । उनका अनुसार प्रशिक्षकका लागि सिकाउने शिक्षकको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । चाँडै त्यसको टुङ्गो लगाएर अभियान सुरु गरिनेछ ।

साक्षरता कक्षा सञ्चालनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १० लाख र शुक्लाफाँटा नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त विनियोजित बजेटबाट साक्षरता कक्षामा सहभागी हुने नागरिकका लागि मसलन्द र कापी/किताब खरिद गरिनुका साथै सहजकर्ताको पारिश्रमिकका लागि खर्च गरिने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया