Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रदेशकै उत्कृष्ट अस्पताल बनाउने प्रयास

प्रदेशकै उत्कृष्ट अस्पताल बनाउने प्रयास


आशिष बहादुर सिंह
बझाङ, माघ २९
बझाङ जिल्ला अस्पताललाई प्रदेशभरिकै उत्कृष्ट बनाउने प्रयासमा जुटिरहेको अस्पताल प्रशासनले जनाएको छ । सुदूरपश्चिम प्रदेशभरिमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल बझाङले विभिन्न सूचकांकलाई आधार मान्दा कुल ७० प्रतिशत अंक प्राप्त गरेको छ । आउँदा दिनमा कसरी उत्कृष्ट अस्पतालका रुपमा घोषित गर्ने भनेर लागिपरेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. सन्दिप ओखेडाले बताए ।

स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा दिइने ३५० अंकमा प्रदेशभरि रहेका जिल्ला अस्पताल तथा जिल्लास्तरका प्राथमिक अस्पतालमध्ये बझाङले अस्पतालले ७० प्रतिशत अंक ल्याएर तेस्रो भएको थियो । जिल्ला अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवा ओपीडी, प्रयोगशाला, एक्सरे, शल्यक्रिया, भिडियो एक्सरे, इमरजेन्सी ईसीजी, मातृसेवा शिशु क्लिनिक, रक्तदान, सुरक्षित गर्भपतन, फर्मेसी, क्षयरोग एम्बुलेन्स डेन्टल सेवा लगायत विषयमा प्रत्येक छ/छ महिनामा मापन हुने गर्छ ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्र गरी अस्पतालको सेवाको गुणस्तर मापन गरिएको क्षेत्रीय स्वास्थ्य सेवा अन्य रोगहरुको उपचार जिल्ला अस्पतालबाट हुने पनि कार्यालय प्रमुख ओखेडाले जानकारी दिए । पहिलाको जिल्ला अस्पतालको अवस्थाभन्दा अहिले निकै सुधार भएको सेवाग्राही जनक सिंहले बताए । उनले भने, ‘पहिला अस्पतालमा आउँदा फोहोरका कारण झन बिरामी भएर जानुपर्ने अवस्था थियो अहिले त्यो अवस्थाको अन्य भएको छ ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया