Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पले ध्वस्त बनाएको गुम्बाको निर्माण

भूकम्पले ध्वस्त बनाएको गुम्बाको निर्माण


सुबास बस्नेत
दोलखा, फागुन १
भीमेश्वर नगरपालिकाको चरिघ्याङमा रहेको ऐतिहासिक मानेगुम्बाको पुननिर्माण सुरु भएको छ । भिमेश्वर नगरपालिका वडा नं ३ र ६ को बीचमा रहेको पुरानो ऐतिहासिक महत्व बोकेका आधा दर्जन गुम्बा भूकम्पले पूर्ण रुपमा ध्वस्त बनाएपछि सो क्षेत्रको शोभा नै बिग्रेको थियो । बषौँदेखि भग्नावशेष अवस्थामा रहेको गुम्बाको पुनर्निर्माण गर्न भिमेश्वर नगरपालिकाले चासो देखाएको छ ।

भीमेश्वर नगरपालिका वडा नं ६ ले माने गुम्वा निर्माणको लागि चालू आर्थिक वर्षको बजेटबाट दुई लाख ५० हजार र वडा नम्बर ३ ले दुई लाख बजेट छुट्याएको थियो । दुई वडाको स्वामित्वमा निर्माण हुने गुम्वाको ६ लाख रकम आवश्यक पर्ने अनुमान गरिएको चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दावा लामाले बताए । उनका अनुसार हालसम्म गुम्वा निर्माणको लागि चार लाख ५० हजार रुपैयाँ बजेट जम्मा भइसकेको छ ।

बाँकी अपुग रकम भीमेश्वर नगरपालिकाले दिने नगरप्रमुख भरत केसिले प्रतिबद्धता जनाएपछि गुम्बा निर्माणको काम सुरु भएको लामाले बताए । क्षेत्रका स्थानीयको पहलमा निर्माण हुन लागेको गुम्बा पुरानै शैलीमा निर्माण हुने बताइएको छ । गुम्वा निर्माणको लागि पुरानै शैलीका सामग्रीहरु ढुङगा, माटो, चुना, पीठो, गजुरलगायतको सामग्री प्रयोग हुने उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया