नौद थाई स्पा र माइ थाई रेष्टुरेण्ट सञ्चालन
काठमाडौं । लण्डनको स्पा ब्राण्ड ‘नौद थाइ’ र ‘माइ थाई’ रेष्टुरेण्टको भब्य उद्घाटन भएसँगै पूर्ण रुपमा सञ्चालनमा आएको छ । नेपालका लागि थाइल्याण्डका राजदुत भोसिता भोरासावले नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्टको संयुक्त उद्घाटन गरेका हुन् ।
नौद थाई स्पा सञ्चालनमा आएको भए पनि आधिकारिक रुपमा उद्घाटन गरिएको थिएन । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासावले उद्घाटन गरेसँगै स्पा र रेष्टुरेण्ट पूर्ण रुपमा सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भोसिता भोरासावले नौद थाई स्पा उद्घाटन गर्न पाउँदा धेरै नै खुसी लागेको बताए । उद्घाटन कार्यक्रममा विभिन्न थाइ सांगीतिक प्रस्तुति समेत रहेको थियो । नौद थाई स्पाले नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको स्पा, मसाज तथा वेलनेस सेन्टरको सुविधा दिइरहेको छ ।
काठमाडौंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा, मसाज तथा ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गर्दछ । नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको छ । जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ्ग, फेसियल, मेनिक्युर, पेडिक्युरलगायतका सुविधाहरु पाउन सकिन्छ । नौद थाइ स्पाले आम ग्राहकको माया पाउन सफल रहेको छ । काठमाडौंका मानिसहरु आफ्नो शरीरलाई समय दिने, स्पा मसाजमा जाने ट्रेण्ड चलिरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरको मसाज नेपालमै खुल्नु खुसीको कुरा हो ।
हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानहरुबाट सेवा दिँदै आएको र काठमाडौंमा खोलिएको नौद थाई स्पा ग्लोबल आउटलेटको एक आउटलेट रहेको छ । नौद थाई स्पामा आएका ग्राहक दोहोरिएर आएको र यहाँको सेवा अन्तर्राष्ट्रियस्तरको रहेको पाइएको छ । स्पा र रेष्टुरेण्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ । साथै थाइ परिकारको अथेण्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ । यसका लागि माइ थाईले थाइल्याण्ड देशबाट नै सेफ हायर गरी ल्याइएको हो । थाई परिकार मनपर्नेहरुले एकपल्ट माइ थाई रेष्टुरेण्ट आएर उपलब्ध सेवा लिन सक्नेछन् । नौद थाई स्पा र माइ थाई रेष्टुरेण्ट काठमाडौंको पानीपोखरी लाजिम्पाटमा छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया